Ujaad Yo Mero Manma

Hmm, hm, hm, hm, hm, hm
हो-हो-हो-हो-हो-हो

उजाड यो मेरो मनमा पालुवा फेर्ने कोही छैन
हो, उजाड यो मेरो मनमा पालुवा फेर्ने कोही छैन
क्षणभरको साथ खोज्दा रहिछन्, क्षणभरको साथ खोज्दा रहिछन्
जीवनभरलाई होइन, जीवनभरलाई होइन
उजाड यो मेरो मनमा पालुवा फेर्ने कोही छैन

जिन्दगीको रफ्तारमा भेटे मैले धेरै स्वार्थी
जिन्दगीको रफ्तारमा भेटे मैले धेरै स्वार्थी
गर्न खोज्दा रहिछन् सधैँ आफ्नो
गर्न खोज्दा रहिछन्, सधैँ आफ्नो इच्छा मात्र पूर्ति
अरुलाई चोट दिँदै मान्छेहरु गर्दा रहिछन् अन्जान
क्षणभरको साथ खोज्दा रहिछन्, क्षणभरको साथ खोज्दा रहिछन्
जीवनभर लाई होइन, जीवनभरलाई होइन
उजाड यो मेरो मनमा पालुवा फेर्ने कोही छैन

आफ्नो मान्छे भन्थेँ हिजो आज उहिँ टाढा भयो
Hmm, आफ्नो मान्छे भन्थेँ हिजो आज उहिँ टाढा भयो
फूलै फूलले जीवन सजाउ भन्थेँ
फूलै फूलले जीवन सजाउ भन्थेँ, आज काँडा भयौ
अर्थ खोज्छु यो जिन्दगीको भेटाइदिने कोही छैन
क्षणभरको साथ खोज्दा रहिछन्, क्षणभरको साथ खोज्दा रहिछन्
जीवनभरलाई होइन, जीवनभरलाई होइन
उजाड यो मेरो मनमा पालुवा फेर्ने कोही छैन



Credits
Lyrics powered by www.musixmatch.com

Link