Bhana Timile Diyeka

भन तिमीले दिएको वाचा झूट हो भनी
भन तिमीले दिएको वाचा झूट हो भनी
म पर्खिरहँदिन, म कुरी बस्दिन

दुई मुटुबीच मिलन-बिछोड, यही नै संसारको रीत हो
तर कसम खाएर अपूरो छाड्नु त पाप हो

भन तिमीले खाएको कसम झूट हो भनी
म हत्ते गर्दिन, म कुरी बस्दिन

जन्मपछि लेखिन्छ मृत्यु, यही नै दैवको लेख हो
तर कसैलाई आसमा अल्झाउनु जिउँदै मारेझैँ पाप हो

भन मेरो जिउँदो लासमा फूल छर्छु भनी
म विश्वास गर्दिन, म कुरी बस्दिन

भन तिमीले दिएको वाचा झूट हो भनी
भन तिमीले दिएको वाचा झूट हो भनी
म पर्खिरहँदिन, म कुरी बस्दिन



Credits
Lyrics powered by www.musixmatch.com

Link