Saathi Aaja

साथी, आज बेहोस भई नशा लिँदै छु
भुलिजाने निष्ठुरीको पलपल नाम लिँदै छु
साथी, आज बेहोस भई नशा लिँदै छु
भुलिजाने निष्ठुरीको पलपल नाम लिँदै छु
आफूलाई भन्दा धेरै माया गर्दा तिमीलाई
यति धेरै घृणा फेरि किन म पाउँदै छु?
यति धेरै घृणा फेरि किन म पाउँदै छु?
साथी, आज बेहोस भई नशा लिँदै छु

जब म तिमीलाई सम्झी रोई बसेछु

जब म तिमीलाई सम्झी रोई बसेछु
बेहोस भई पानी भनी नशाले मुख धोएछु
तिम्रै यादमा तड्पी कोमल मुटु खियाउँदै छु

साथी, आज बेहोस भई नशा लिँदै छु

तिम्रो-मेरो प्रेमकथा केवल खाली पन्ना भो

तिम्रो-मेरो प्रेमकथा केवल खाली पन्ना भो
सम्झिन्छु ती दिनहरु, अब कसरी भुल्ने हो?
साथमा तिम्रै तस्बिर, नशा नै मेरो बाँच्ने आधार भो

साथी, आज बेहोस भई नशा लिँदै छु



Credits
Lyrics powered by www.musixmatch.com

Link