Aafnai Gaaile Aafailai Maarejastai Bhayo

आफ्नै गाईले आफैलाई मारेजस्तै भयो
मारेजस्तै भयो
जिन्दगीका हरेक लडाइँ
जिन्दगीका हरेक लडाइँ हारेजस्तै भयो
हारेजस्तै भयो, हारेजस्तै भयो
आफ्नै गाईले आफैलाई मारेजस्तै भयो
मारेजस्तै भयो

नजानेरै कैयौँ पटक विषै पनि खाइयो होला
हो, नजानेरै कैयौँ पटक विषै पनि खाइयो होला
दुखिराको घाउमा फेरि नुनचुक लाइयो होला

आफैलाई रसातलमा झारेजस्तै भयो
झारेजस्तै भयो
जिन्दगीका हरेक लडाइँ हारेजस्तै भयो
हारेजस्तै भयो, हारेजस्तै भयो

शिशिर यामको पातबिनाको बरसरि भइसकेछु
हो, शिशिर यामको पातबिनाको बरसरि भइसकेछु
बर्खा मासको छतबिनाको घरसरि भइसकेछु

मनका खुसीहरु बसाइँ सारेजस्तै भयो
सारेजस्तै भयो
जिन्दगीका हरेक लडाइँ हारेजस्तै भयो
हारेजस्तै भयो, हारेजस्तै भयो
आफ्नै गाईले आफैलाई मारेजस्तै भयो
मारेजस्तै भयो



Credits
Lyrics powered by www.musixmatch.com

Link