Jaya Jaya Ganesh

जय, जय, जय गणेश, जय, जय श्री गणेश
जय, जय श्री गणेश, जय, जय, जय गणेश
जय, जय, जय गणेश, जय, जय श्री गणेश
जय, जय श्री गणेश, जय, जय, जय गणेश

दुःखकष्ट सबै दूर भगाई गर हाम्रो कल्याण
दुःखकष्ट सबै दूर भगाई गर हाम्रो कल्याण
पाउको भक्ति, रिद्धिसिद्धिले देऊ श्री वरदान
दुःखकष्ट सबै दूर भगाई गर हाम्रो कल्याण

तिमी लोक-लोक, हो, लोक-लोकमा पूज्य देव बनी लोकहित गर्छौ
तिमी लोक-लोक, हो, लोक-लोकमा पूज्य देव बनी लोकहित गर्छौ
भक्तको हितमा सधैँ बसेर मागेजतिको जसयश दिन्छौ

हाम्रो पाप हर, हाम्रो पीर हर
हाम्रो विघ्न हर, सब दुःख हर

दुःखकष्ट सबै दूर भगाई गर हाम्रो कल्याण

तिमी अशोक, तिमी सिद्धिविनायक, तिमी कार्य अनि सूर्यविनायक
तिमी अशोक, तिमी सिद्धिविनायक, तिमी कार्य अनि सूर्यविनायक
तिमी नै चन्द्र र जलविनायक, सबै लोकमा पूज्य विनायक

हाम्रो पाप हर, पीरताप हर
हाम्रो ज्ञान बनी अज्ञान हर

दुःखकष्ट सबै दूर भगाई गर हाम्रो कल्याण

तिमी ब्रह्मा, तिमी विष्णुका अंश, तिमी शिव र शक्तिका वंश
तिमी ब्रह्मा, तिमी विष्णुका अंश, तिमी शिव र शक्तिका वंश
तिम्रो महिमा अपरम्पार, तिमी नै सिद्धिका हौ आधार

हाम्रो पाप हर, सन्ताप हर
सदा कृपा गरी प्रभुभक्ति भर
यस लोकमा सुख-सन्तति दिई
परलोकमा हाम्रो मोक्ष गर

जय, जय, जय गणेश, जय, जय श्री गणेश
जय, जय श्री गणेश, जय, जय, जय गणेश

दुःखकष्ट सबै दूर भगाई गर हाम्रो कल्याण
पाउको भक्ति, रिद्धिसिद्धिले देऊ सन्ततिदान
दुःखकष्ट सबै दूर भगाई गर हाम्रो कल्याण

जय, जय, जय गणेश, जय, जय श्री गणेश
जय, जय श्री गणेश, जय, जय, जय गणेश
जय, जय, जय गणेश, जय, जय श्री गणेश
जय, जय श्री गणेश, जय, जय, जय गणेश



Credits
Lyrics powered by www.musixmatch.com

Link