Timro Kasam

डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै
भेट्न नपाई यो ढुकढुकी रोकिन्छ कि कतै
ओ, ओ-हो-हो
डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै
भेट्न नपाई यो ढुकढुकी रोकिन्छ कि कतै

भन्न त भन्थ्यौ तिमी, "चोखो माया गर्छु सधैँ"
शङ्का लाग्छ चट्टानमा मन ठोकिने हो कि कतै
शङ्का लाग्छ चट्टानमा मन ठोकिने हो कि कतै

नसम्झनू टाढा मलाई, तिम्रो सामु हुन्छु म त
तिम्रै यादले मुटु पोल्छ, थाहै नपाई रुन्छु म त
ओ, हो-हो, ओ-हो-हो
नसम्झनू टाढा मलाई, तिम्रो सामु हुन्छु म त
तिम्रै यादले मुटु पोल्छ, थाहै नपाई रुन्छु म त

जलेको छ मेरो मुटु, सम्हाल्नलाई गाह्रो हुन्छ
अनायासै तिम्रो तस्वीर हेर्न पनि साह्रो हुन्छ
अनायासै तिम्रो तस्वीर हेर्न पनि साह्रो हुन्छ

भक्कानिँदै आफ्नो मुहार आँसुले नै धुन्छु म त
एकान्तमा तड्पीतड्पी तिम्रै यादले रुन्छु म त
ओ, हो-हो, ओ, हो
भक्कानिँदै आफ्नो मुहार आँसुले नै धुन्छु म त
एकान्तमा तड्पीतड्पी तिम्रै यादले रुन्छु म त

अन्तिम सास तिमीबिना फेर्न मलाई गाह्रो हुन्छ
तिमी नभई संसार मलाई हेर्न पनि साह्रो हुन्छ
तिमी नभई संसार मलाई हेर्न पनि साह्रो हुन्छ



Credits
Writer(s): Chandra Prakash Bastola
Lyrics powered by www.musixmatch.com

Link