Timi Bata Tadha, Pt. 2

तिमीबाट टाढा हुँदा मनै रुँदो रैछ
ओ, तिमीबाट टाढा हुँदा मनै रुँदो रैछ
सम्झनामा बाँच्न पनि गाह्रै हुँदो रैछ
सम्झनामा बाँच्न पनि गाह्रै हुँदो रैछ
तिमीबाट टाढा हुँदा मनै रुँदो रैछ

वेदनाले छाती पोल्दा मुटु जल्न थाल्छ
ओ, वेदनाले छाती पोल्दा मुटु जल्न थाल्छ
तिम्रै यादमा मनभित्र आँधी चल्न थाल्छ
तिम्रै यादमा मनभित्र आँधी चल्न थाल्छ

छाती पोल्दा, मुटु जल्दा मनै रुँदो रैछ
ओ, छाती पोल्दा, मुटु जल्दा मनै रुँदो रैछ
सम्झनामा बाँच्न पनि गाह्रै हुँदो रैछ
सम्झनामा बाँच्न पनि गाह्रै हुँदो रैछ
तिमीबाट टाढा हुँदा मनै रुँदो रैछ

हाम्रो माया जूनतारालाई डाहा हुन्छ भन्थ्यौ
ओ, हाम्रो माया जूनतारालाई डाहा हुन्छ भन्थ्यौ
चन्द्रसूर्य रहेसम्म थाहा हुन्छ भन्थ्यौ
चन्द्रसूर्य रहेसम्म थाहा हुन्छ भन्थ्यौ

जूनतारालाई हेर्दा पनि मनै रुँदो रैछ
ओ, जूनतारालाई हेर्दा पनि मनै रुँदो रैछ
सम्झनामा बाँच्न पनि गाह्रै हुँदो रैछ
सम्झनामा बाँच्न पनि गाह्रै हुँदो रैछ

तिमीबाट टाढा हुँदा मनै रुँदो रैछ
ओ, तिमीबाट टाढा हुँदा मनै रुँदो रैछ
सम्झनामा बाँच्न पनि गाह्रै हुँदो रैछ
सम्झनामा बाँच्न पनि गाह्रै हुँदो रैछ
तिमीबाट टाढा हुँदा मनै रुँदो रैछ



Credits
Writer(s): Madhav Nirdosh
Lyrics powered by www.musixmatch.com

Link