Mutu Nabhaidido Ho Ta

मुटु नभई दिँदो हो त
मुटु नभई दिँदो हो त बह केमा दुख्थ्यो होला
परेलीको तलाउबाट
परेलीको तलाउबाट कहाँ आँशु बग्थ्यो होला
मुटु नभई दिँदो हो त

हिमाल भन्दा अग्ला-अग्ला
हिमाल भन्दा अग्ला-अग्ला शोकहरु नाघ्नु पर्दा
नदि भन्दा लामा-लामा
नदि भन्दा लामा-लामा सन्तापमा बग्नु पर्दा
क्षितिज सम्म फैलिएका
क्षितिज सम्म फैलिएका जंघारहरु तर्नु पर्दा
मुटु नभई दिँदो हो त
मुटु नभई दिँदो हो त बह केमा दुख्थ्यो होला
परेलीको तलाउबाट
परेलीको तलाउबाट कहाँ आँशु बग्थ्यो होला
मुटु नभई दिँदो हो त

काँडामाथि खुशीहरु
काँडामाथि खुशीहरु ओच्छ्याएर सुत्नु पर्दा
नपाईने गन्तब्यलाई
नपाईने गन्तब्यलाई सँधै पच्छ्याएर हिड्नु पर्दा
सपनाहरु जलाएर
सपनाहरु जलाएर खरानी भै उड्नु पर्दा
मुटु नभई दिँदो हो त

मुटु नभई दिँदो हो त बह केमा दुख्थ्यो होला
परेलीको तलाउबाट
परेलीको तलाउबाट कहाँ आँशु बग्थ्यो होला
मुटु नभई दिँदो हो त



Credits
Writer(s): Sila Bahadur Moktan
Lyrics powered by www.musixmatch.com

Link