Gajalu Ti Aakha

गाजलु ती आँखा तिम्रा, मोहनी त्यो बोली
हो, गाजलु ती आँखा तिम्रा, मोहनी त्यो बोली
एकै मुस्कान छोडिदेऊ न लाली ओठ खोली
लाली ओठ खोली
लाली ओठ खोली
गाजलु ती आँखा तिम्रा, मोहनी त्यो बोली

प्रकृतिको सुन्दर एउटा सृजना हौ तिमी
कहिल्यै पनि नमेटिने तिर्सना हौ तिमी
हो, प्रकृतिको सुन्दर एउटा सृजना हौ तिमी
कहिल्यै पनि नमेटिने तिर्सना हौ तिमी

लोभ्याउने नजर तिम्रो, मक्खै पार्ने बोली
एकै वचन बोलिदेऊ न लाली ओठ खोली
लाली ओठ खोली
गाजलु ती आँखा तिम्रा, मोहनी त्यो बोली

यस्तो लाग्छ तिम्लाई देखे हिमचुली नै उठ्छ
तिम्रो रूप देखेपछि हावा पनि रुक्छ
हो, यस्तो लाग्छ तिम्लाई देखे हिमचुली नै उठ्छ
तिम्रो रूप देखेपछि हावा पनि रुक्छ

सङ्गीतको झन्कारभन्दा मीठो तिम्रो बोली
एकै चुम्बन देऊ न, प्रिय, लाली ओठ खोली
लाली ओठ खोली
गाजलु ती आँखा तिम्रा, मोहनी त्यो बोली

हो, गाजलु ती आँखा तिम्रा, मोहनी त्यो बोली
एकै मुस्कान छोडिदेऊ न लाली ओठ खोली
लाली ओठ खोली
लाली ओठ खोली
गाजलु ती आँखा तिम्रा, मोहनी त्यो बोली



Credits
Lyrics powered by www.musixmatch.com

Link