Meri Mayalu

मैले हेर्छु पूर्व, तिमीले हेर्छ्यौ पश्चिम
यो पाराले देखिनँ खोइ माया बस्ने लछिन
मैले हेर्छु पूर्व, तिमीले हेर्छ्यौ पश्चिम
यो पाराले देखिनँ खोइ माया बस्ने लछिन

सिधा कुरा गर्दा पनि बाङ्गो, बाङ्गो सोच्छ्यौ
सम्झाउन खोज्यो भने ठुस्किएर बस्छ्यौ, मेरी
मेरी मायालु

मैले हेर्छु उत्तर, तिमीले हेर्छौ दक्षिण
यो पाराले देखिनँ खै माया बस्ने लछिन
हे, मैले हेर्छु उत्तर, तिमीले हेर्छौ दक्षिण
यो पाराले देखिनँ खै माया बस्ने लछिन

छोडिजाऊँ भने पनि याद आउँछ छिन्छिन्
कुन जन्ममा खाको थिएँ मैले तिम्रो रिन, मेरो
मेरो मायालु

सुख छैन जे गरे नि, कुरा मात्रै काट्छ्यौ
मुखले भन्छ्यौ "माया गर्छु", मनलाई भने ढाँट्छ्यौ
एउटा कुरा मान्या हैन जे भने नि मैले
टाढा हुँदा माया के हो थाहा पाउने छौ तिमीले

सिधा कुरा गर्दा पनि बाङ्गो, बाङ्गो सोच्छ्यौ
सम्झाउन खोज्यो भने ठुस्किएर बस्छ्यौ, मेरी
मेरी मायालु

लै ले, लै लै
लै लै, लै लै
लै ले, लै लै
लै लै, लै लै

माया मार्नु रैछ आखिर, रैछ छोडिजानु
निभाउन नसक्नेले किन कसम खानु?
हृदयको पानाभित्र लेखिएको नाउँ
मेटाउन पर्ने भयो, मेट्न कहाँ जाऊँ?

सिधा कुरा गर्दा पनि बाङ्गो, बाङ्गो सोच्छ्यौ
सम्झाउन खोज्यो भने ठुस्किएर बस्छ्यौ, मेरी
मेरी मायालु

मैले हेर्छु उत्तर, तिमीले हेर्छौ दक्षिण
यो पाराले देखिनँ खै माया बस्ने लछिन

छोडिजाऊँ भने पनि याद आउँछ छिन्छिन्
कुन जन्ममा खाको थिएँ मैले तिम्रो रिन, मेरो
मेरो मायालु

मैले हेर्छु पूर्व, तिमीले हेर्छ्यौ पश्चिम
यो पाराले देखिनँ खोइ माया बस्ने लछिन

सिधा कुरा गर्दा पनि बाङ्गो, बाङ्गो सोच्छ्यौ
सम्झाउन खोज्यो भने ठुस्किएर बस्छ्यौ, मेरी
मेरी मायालु

मेरो मायालु
मेरी मायालु
मेरो मायालु



Credits
Lyrics powered by www.musixmatch.com

Link