Sanu Maya

हँसिलो छ मुहार तिम्रो, सानुमाया
कति सुन्दर आँखा, कति सुन्दर आँखा
देख्छु जब त्यो रूपलाई, सानुमाया
फुर्छन् मीठा भाका, फुर्छन् मीठा भाका
फुर्छन् मीठा भाका, फुर्छन् मीठा भाका

ढोग्न मन छ तिम्रा पाउ सिरमा सिउँदो भरी
रात कटाउन मन छ मलाई मीठा बात गरी
रात कटाउन मन छ मलाई मीठा बात गरी
हो, मीठा बात गरी

पठाऊ न, सानु, दुई शब्द लेखेर
भोक मेट्छु, सानु, ती अक्षर देखेर (ओइ)
पठाऊ न, सानु, दुई शब्द लेखेर
भोक मेट्छु, सानु, ती अक्षर देखेर

झिक्कै सौँराइ लाग्या बेला, सानुमाया
कटक्कै मन खान्छ, कटक्कै मन खान्छ
एकछिन दर्शन पाइन भने, सानुमाया
रुँदै दिन जान्छ, रुँदै दिन जान्छ

आओस् जब शुभसाइत, आओस् निको दिन
बाजा बजाई, डोली सजाई आउनू मलाई लिन
बाजा बजाई, डोली सजाई आउनू मलाई लिन
हो, आउनू मलाई लिन

बोल न, सानु, बोल न ओठ खोली
निदाउँछु, सानु, सुनेर त्यो बोली (ओइ)
बोल न, सानु, बोल न ओठ खोली
निदाउँछु, सानु, सुनेर त्यो बोली

सपनी नराम्रो देख्छु, सानुमाया
छिनमै बेहोस हुन्छु, छिनमै बेहोस हुन्छु
सम्झिन्छु त्यो न्यानो काख, सानुमाया
धुरुधुरु रुन्छु, धुरुधुरु रुन्छु



Credits
Writer(s): Tanka Timilsina
Lyrics powered by www.musixmatch.com

Link