Hunchha Bhanideu

एक्लो छु आज म
तिमीलाई कुरिरहेछु

आउँछौ कि भनेर
दिन गन्दै छु, बाटो हेर्दै छु

सम्हाल्छु आफूलाई हार्दिन भन्दै
खसेका तारालाई तिमी नै माग्दै
सपना सबै बनिसकेछौ मेरो

हुन्छ भनिदेउ तिमी
मेरो बनिदेउ
साथ दिनेछु तिमीलाई सधैं मेरो
हात थामिदेउ तिमी

सधैं सपनीमा आउँछौ
मलाई झस्काई, बिलाई जान्छौ
घामको किरण बनेर
मेरो मनलाई न्यानो पार्छौ

सम्हाल्छु आफूलाई हार्दिन भन्दै
खसेका तारालाई तिमी नै माग्दै
सपना सबै बनिसकेछौ मेरो

हुन्छ भनिदेउ तिमी
मेरो बनिदेउ
साथ दिनेछु तिमीलाई सधैं मेरो
हात थामिदेउ तिमी

हुन्छ भनिदेउ तिमी
मेरो बनिदेउ
साथ दिनेछु तिमीलाई सधैं मेरो
हात थामिदेउ तिमी

हुन्छ भनिदेउ तिमी
मेरो बनिदेउ
साथ दिनेछु तिमीलाई सधैं मेरो
हात थामिदेउ तिमी



Credits
Lyrics powered by www.musixmatch.com

Link