Kati Maya

कति माया गर्छ्यौ?
भन्नै सक्दिन
मबिना बाँच्छ्यौ?
सोच्नै सक्दिन

Hmm, कति माया गर्छ्यौ?
भन्नै सक्दिन
मबिना बाँच्छ्यौ?
सोच्नै सक्दिन

तिम्रो मायाले यसरी नै बाँधिराख न
मीठोमीठो सपना मनमा साँचिराख न
तिम्रो मायाले यसरी नै बाँधिराख न
मीठोमीठो सपना मनमा साँचिराख न

तिमी नै आशा, तिमी भरोसा, जीवन तिमी हौ
अतीतका पाना पल्टाई हेरेँ, तिमी नै तिमी छ्यौ
तिमीलाई पाउँदा जीवनको बाटो सजिलो भयो झन्
आँखामा राख्दा नि बिझ्दैनौ तिमी, सफा छ तिम्रो मन

कति माया गर्छ्यौ?
भन्नै सक्दिन
मबिना बाँच्छ्यौ?
सोच्नै सक्दिन

हो, तिम्रो मायाले यसरी नै बाँधिराख न
मीठोमीठो सपना मनमा साँचिराख न

जूनझैँ शीतल, फूलझैँ कोमल, मायालु तिम्रो मन
तिमी छेउ आउँदा प्रीतिका मीठा धुनहरू गुञ्जिन्छन्
खोलाझैँ बग्ने यो मेरो मनलाई तालझैँ बनायौ
जुगौँजुगलाई पुग्ने यो मायापिरती खनायौ

कति माया गर्छौ?
भन्नै सक्दिन
मबिना बाँच्छौ?
सोच्नै सक्दिन

तिम्रो मायाले यसरी नै बाँधिराख न
मीठोमीठो सपना मनमा साँचिराख न
तिम्रो मायाले यसरी नै बाँधिराख न
मीठोमीठो सपना मनमा साँचिराख न



Credits
Writer(s): Ambika Gurung
Lyrics powered by www.musixmatch.com

Link