Sahare Maya

आयो, याद आयो एउटा मान्छेको
साँचो माया गर्छु भन्ने त्यो परदेशीको
घुमाउरो बाटो भेटेको उसलाई तानसिनै बजारमा
माया बसेको थियो नि हाम्रो पहिलो भेटैमा

रात उज्यालो चम्किलो जूनले पूर्णिमा छाएको
बिर्स्यौ कि क्या हो, सहरे माया, पिरती लाएको?
कालो चस्मा, कालै थियो गलबन्दी
लाको माया बिर्सी गयौ बनी निष्ठुरी
कालो चस्मा, कालै थियो गलबन्दी
लाको माया बिर्सी गयौ बनी निष्ठुरी

वाचा र त्यो कसम छैनौ नि भुलेको?
यादमा आउँछौ, सहरे माया, सल्लावन डुलेको
तिमीले दिएको बैनाको यो चोलो
आघुमै साल लैजाने वाचा खै, कहाँकहाँ गयो?

यही हावामा माया मिसाई पठाउँला
साँचो माया भए आउनू, बाटो कुरौँला
यही हावामा माया मिसाई पठाउँला
साँचो माया भए आउनू, बाटो कुरौँला

थर पनि थाहा छैन, घर कहाँ हो जान्दैनँ
त्यो मिठो बोली, मोहनी लायौ, बसमा मन छैन
दुःख पो पर्यो कि? व्यस्त पो रह्यौ कि?
मलाई भुलेर, सहरे माया, पिरती लायौ कि?

यो आँखा थाकेन तिमीलाई पर्खेर
साँचो माया भए आऊ डाँडै काटेर
यो आँखा थाकेन तिमीलाई पर्खेर
साँचो माया भए आऊ डाँडै काटेर

आयो, याद आयो एउटा मान्छेको
साँचो माया गर्छु भन्ने त्यो परदेशीको

त्यो परदेशीको
त्यो परदेशीको



Credits
Lyrics powered by www.musixmatch.com

Link