Ukali Orali

उकाली-ओराली चढ्दै र झर्दै पुग्यौँ हामी त्यो कालो पत्थरमा
वारि र पारि हिमालै हिमाल, झर्यौँ हामी रमाइलो नाम्चेमा

ए, नाम्चे बजार क्या राम्रो, वरिपरि हिमाल
अति राम्रो हाम्रो नेपाल
ओहो, साह्रै राम्रो हाम्रो नेपाल

हिमचुली रानी, हजुरकै काखमा खेल्यौँ हामी गुराँस-पाखैमा
सगरमाथा शिरैमा राखी रम्यौँ हामी हिमाली भाकैमा

ए, यहीँ बज्छ डम्फु, मादल, नाच्छन् डाँफे, मुनाल
अति राम्रो हाम्रो नेपाल
ओहो, साह्रै राम्रो हाम्रो नेपाल



Credits
Writer(s): Gore Gurung, Nepathya, Nurma Rai, Prabin Gurung, Sarubhakta Shrestha
Lyrics powered by www.musixmatch.com

Link