Nai Nai Nabhana

विषै पिउन मन लाग्छ किन घुटुघुटु
जब तिम्रो याद आउँछ, चर्किन्छ मुटु
अभागी नै रैछु म त, कर्मै मेरो खोटी
थाहा छैन आँसु मेरा झर्छन् कति चोटि

सक्छ्यौ भने भालै रोप्देऊ जोरले ठोकीठोकी
"ऐया! दुख्यो" भन्दिनँ म आँसु रोकीरोकी

सक्छ्यौ भने भालै रोप्देऊ जोरले ठोकीठोकी
"ऐया! दुख्यो" भन्दिनँ म आँसु रोकीरोकी

पिरतीमा धोका पाको बहुला नगन
'नाइँनाइँ' नभन, मलाई 'bye-bye' नभन
मलाई 'नाइँनाइँ' नभन, मलाई 'bye-bye' नभन

मैले पीडा पाउँदाखेरि तिमी खुसी भयौ
मैले तिमी, तिमी भन्दा तिमी अन्तै गयौ

मैले पीडा पाउँदाखेरि तिमी खुसी भयौ
मैले तिमी, तिमी भन्दा तिमी अन्तै गयौ

डाँको छोडी एक्लै रुँदा किन रोयो नभन

'नाइँनाइँ' नभन, मलाई 'bye-bye' नभन
मलाई 'नाइँनाइँ' नभन, मलाई 'bye-bye' नभन

निष्ठुरीले भाला रोप्दा बग्ला मेरो खुन
हाँसीहाँसी जिउनू तिमी, नपरोस् है रून

निष्ठुरीले भाला रोप्दा बग्ला मेरो खुन
हाँसीहाँसी जिउनू तिमी, नपरोस् है रून

मृत्यु प्यारो भयो अब, खुसी छैन मन

'नाइँनाइँ' नभन, मलाई 'bye-bye' नभन
मलाई 'नाइँनाइँ' नभन, मलाई 'bye-bye' नभन

'नाइँनाइँ' नभन, मलाई 'bye-bye' नभन
'नाइँनाइँ' नभन, मलाई 'bye-bye' नभन



Credits
Writer(s): Sunil Bc
Lyrics powered by www.musixmatch.com

Link