Patharko Mutu

ए, पत्थरको मुटु रैछ, यार, तेरो! पत्थरको!
आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु
आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आँसु झर्दा पुछ्ने कोही छैन
मुटु दुख्दा बुझ्ने कोही छैन
आँसु झर्दा पुछ्ने कोही छैन
मुटु दुख्दा बुझ्ने कोही छैन

तिम्रै यादले हरेक पल खान्छ मुटु कुटुकुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु
आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु
आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु, पत्थरकै मुटु

हे भगवान्! उसको याद, उसको सम्झनाले रातदिन मुटु पोलेको छ, रातदिन
उसलाई भुल्ने बनाइदेऊ, भगवान्, उसलाई भुल्ने बनाइदेऊ

दोबाटोमा छोड्यौ नि एक्लै, रुँदै बसेँ कति
कसले माया गर्ला र तिमीलाई मैले गरेजति?
हो, दोबाटोमा छोड्यौ नि एक्लै, रुँदै बसेँ कति
कसले माया गर्ला र तिमीलाई मैले गरेजति?

यस्तो भइसक्यो अब त, "तिम्रा यादबाट कहिले छुटूँ?"

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु
आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु
आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु, पत्थरकै मुटु

जसरी तैँले मेरो मायालाई लत्त्याएको छस् नि
त्यसरी नै एकदिन सब कुरा याद आउँछ तँलाई, सब कुरा
मेरो आँसु, मेरो दुःख, मेरो पीडा, सब कुरा
किनभने यो संसारमा तँलाई तेरो आमा, तेरो बाबापछि
कसैले धेरै माया गर्छ भने म मात्रै हो त्यो, म मात्रै

तिम्रै माया-विश्वासमा तिम्रै पछि भागेँ कति
शिर झुकाई पाउमा छुँदै माफी मागेँ कति
हो, तिम्रै माया-विश्वासमा तिम्रै पछि भागेँ कति
शिर झुकाई पाउमा छुँदै माफी मागेँ कति

मनको खुशी लुकाएर आँसु पिएँ घुटुघुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु
आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु (तिम्ले मेरो बुवामाथि हात उठाउने? जाऔँ, बुवा)
आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु, पत्थरकै मुटु (मेरो कुरा त सुन् न)

जान्छेस् छोडेर, हाँ? जा! तर एउटा कुरा याद राख
तँलाई मैलेजति माया कसैले गर्दैन, कसैले पनि नाइँ
तँ पहिले पनि मेरो मनमा थिइस्, अहिले पनि मेरो मनमा छस्
सधैँ मेरो मनमा हुन्छस्, मेरो मनमा
ए, पत्थरको मुटु रैछ, यार, तेरो! पत्थरको!

यस्तो मन बनाइदेऊ मेरो, हे दैव, कि कसैको सामु रुन नपरोस्
यस्तो मन बनाइदेऊ मेरो, हे दैव, कि कसैको सामु रुन नपरोस्
अब फेरि त्यस्तो पापी मन छुन नपरोस्
म त भइसकेको थिएँ कसैको, छोड्यो उसले मलाई
अब फेरि कसैको हुन नपरोस्
अब फेरि कसैको हुन नपरोस्



Credits
Writer(s): Bijay Pun
Lyrics powered by www.musixmatch.com

Link