Timile Chira Pareko Mutu

तिमीले चिरा पारेको मुटु हेर्नेभए आऊ
तिमीले चिरा पारेको मुटु हेर्नेभए आऊ
त्यसैमाथि नुनचुक छरी
त्यसैमाथि नुनचुक छरी जानेभए जाऊ
जानेभए जाऊ
जानेभए जाऊ
तिमीले चिरा पारेको मुटु हेर्नेभए आऊ

टाढा हुनुरैछ आखिर, गाढा भयौ किन?
गाढा भयौ किन?

टाढा हुनुरैछ आखिर, गाढा भयौ किन?
गाढा भयौ किन?
माया फुल्ने मुटुभित्र
माया फुल्ने मुटुभित्र काँडा भयौ किन?
काँडा भयौ किन?

तिमीले चिरा पारेको मुटु हेर्नेभए आऊ

तिम्रो जीवन फलोस्, फुलोस्, म त यसै झरेँ
म त यसै झरेँ

तिम्रो जीवन फलोस्, फुलोस्, म त यसै झरेँ
म त यसै झरेँ

तिमीबाहेक मृत्यु रोज्ने
तिमीबाहेक मृत्यु रोज्ने मैले अठोट गरेँ
मैले अठोट गरेँ

तिमीले छुरा रोपेको मुटु हेर्नेभए आऊ
तिमीले छुरा रोपेको मुटु हेर्नेभए आऊ
त्यसैमाथि नुनचुक छरी
त्यसैमाथि नुनचुक छरी जानेभए जाऊ
जानेभए जाऊ
जानेभए जाऊ

तिमीले छुरा रोपेको मुटु हेर्नेभए आऊ



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link