Thaha Cha

सिमसिमे पानीमा तिमीलाई सोचिरहेछु
डुबिदिएछु तिम्रो यादमा
टाढा छु तिमीबाट, तर मन तिमीसँग छ
सम्हालिदेऊ साथमा

फेरि आउँछु-आउँदिन, मिलन होला-नहोला
तिमीलाई सोच्दासोच्दै दिन यो बितिजान्छ
थाहा छ कि छैन तिमीलाई?

घण्टौ बितिसक्यो यही कोठामा
तिम्रो यादले मलाई छोड्दैन
के गरिरहेको होला अहिले?
मेरो याद आउँछ-आउँदैन?

फर्की आउन चाहन्छु आजै म तर थाहा छ सक्दिन
तिमीलाई सोच्दासोच्दै रात पनि बितिजान्छ
थाहा छ कि छैन तिमीलाई?

कति गाएँ होला यो गीत तिम्रो लागि तिम्रो यादमा
टाढा छु तिमीबाट, राखिदेऊ तिम्रो साथमा

सिमेसिमे पानीमा तिमीलाई सोचिरहेछु
डुबिदिएछु तिम्रो यादमा

फेरि आउँछु-आउँदिन, मिलन होला-नहोला
तिमीलाई सोच्दासोच्दै दिन यो बितिजान्छ
थाहा छ कि छैन तिमीलाई?
तिमीलाई सोच्दासोच्दै रात यो बितिजान्छ
थाहा छ कि छैन तिमीलाई?
मेरो याद आउँछ-आउँदैन तिमीलाई?



Credits
Writer(s): Subani Moktan
Lyrics powered by www.musixmatch.com

Link