Timrai Lagi Laudai Thiye

(सा-सा, नि-नि, प-प, म-प, म-रे-सा, सा-सा, नि-नि, प-प, म-प)
(सा-सा, नि-नि, प-प, म-प, म-रे-सा, सा-सा, नि-नि, प-प, म-प)
तिम्रै लागि ल्याउँदै थिएँ, हेर, सुनको बाला
(सा-सा, नि-नि, प-प, म-प, म-रे-सा, सा-सा, नि-नि, प-प, म-प)

ओ, तिम्रै लागि ल्याउँदै थिएँ, हेर, सुनको बाला
अर्कैलाई पो, अर्कैलाई पो लगाइछ्यौ स्वयंवरको माला
तिम्रै लागि ल्याउँदै थिएँ, हेर, सुनको बाला

मुटुसँग मुटु जोड्थ्यौ, ढुकढुकीलाई सुन्थ्यौ
हो, मुटुसँग मुटु जोड्थ्यौ, ढुकढुकीलाई सुन्थ्यौ
त्यही मुटुमा, त्यही मुटुमा चलाइछ्यौ विश्वासघातको भाला

तिम्रै लागि ल्याउँदै थिएँ, हेर, सुनको बाला

"चाँडै आऊ" भन्थ्यौ तिमी परेली भिजाई
हो, "चाँडै आऊ" भन्थ्यौ तिमी परेली भिजाई
सकिनछु, ओ, सकिनछु बुझ्न मैले आँसुको त्यो चाला

तिम्रै लागि ल्याउँदै थिएँ, हेर, सुनको बाला

एकैपल्ट भेट्न मन थ्यो कसै गरी तिमीलाई
हो, एकैपल्ट भेट्न मन थ्यो कसै गरी तिमीलाई
बाटोमा नै, बाटोमा नै लगाइछ्यौ तिरस्कारको ताला

तिम्रै लागि ल्याउँदै थिएँ, हेर, सुनको बाला
अर्कैलाई पो लगाइछ्यौ स्वयंवरको माला
तिम्रै लागि ल्याउँदै थिएँ, हेर, सुनको बाला

(सा-सा, नि-नि, प-प, म-प, म-रे-सा, सा-सा, नि-नि, प-प, म-प)
(सा-सा, नि-नि, प-प, म-प, म-रे-सा, सा-सा, नि-नि, प-प, म-प) ना, ना
(सा-सा, नि-नि, प-प, म-प, म-रे-सा, सा-सा, नि-नि, प-प, म-प) ना, ना, ना
(सा-सा, नि-नि, प-प, म-प, म-रे-सा, सा-सा, नि-नि, प-प, म-प) ना, ना, रे



Credits
Writer(s): Arjun Pokharel
Lyrics powered by www.musixmatch.com

Link