Naaso - Composer’s Version

जानेलाई म रोक्दिन तर नहुनु बिरानो
केहि दिनको बिछोड हो यो सम्बन्ध छ पुरानो
म त तिमीले दिएको झुम्का र सारी
लगाई कुरिरहन्छु हाम्रै घर अगाडी

फर्की आउनु है
हाम्रो माया नभुले है
म तिम्रै नासो हुँ
साँची राखे है

तिमी भन्छौ जिन्दगी कहाँ सजिलो छ, कमजोर त म पनि छैन
अध्यारो मा आउने पाइला नदेखिए पनि सधैँ भरि रात हुँदैन
म तिम्रो आँट बनिदिन्छु, तिमी मेरो सहारा बनिदेउ

फर्की आउनु है
हाम्रो माया नभुले है
म तिम्रै नासो हुँ
साँची राखे है

समयले सुख दु:ख जे देखाए नि म तिम्रै आड भइरहुँ
संसारमा तिमीलाई माया गर्ने एउटै हुँदो हो त बुझ्नु त्यो एक मै हुँ
तिमी कदम आफ्नो चालिराख्नु
तिम्रा हर पाइलामा म हुन्छु

फर्की आउनु है
हाम्रो माया नभुले है
म तिम्रै नासो हुँ
साँची राखे है



Credits
Writer(s): Subani Moktan
Lyrics powered by www.musixmatch.com

Link