Fula Jastai Zindagi

दुबोजस्तै मौलाइरहोस्, हाम्रो माया कहिले नमरोस्
फूलजस्तो जिन्दगी होस्, तिम्रो पाउमा काँडा नपरोस्

हाँसो दिन्छु, खुसी दिन्छु, तिम्रो माया मुटुभरि
हाम्रो माया अनन्त छ, जुनी बिताऊँ यसैगरी
सागरसरि चोखो माया तिम्रो-मेरो वरिपरि
सागरसरि चोखो माया तिम्रो-मेरो वरिपरि

मनपरेको मान्छे तिमी, तिमीबिना संसार शून्य छ
तिमीलाई माया गर्न पाउँदा मेरो जीवन यसै पुण्य छ

तिम्रो मिठो मायाभित्र जुनी काट्छु सधैँ हाँसेर
मुटु माग, मुटु दिन्छु, पिरतीको माला गाँसेर
पिरतीको माला गाँसेर

दुबोजस्तै मौलाइरहोस्, हाम्रो माया कहिले नमरोस्

माया गर्न देऊ है मलाई जनम-जनम तिम्रै भएर
सधैँभरि मुस्कुराउँछु, कसम! तिम्रो दिलमा रहेर

तिम्रो न्यानो अँगालोमा सधैँ फुल्छु यसै गरेर
अजम्बरी मायभित्र पिरतीको बुट्टा भरेर
पिरतीको बुट्टा भरेर

दुबोजस्तै मौलाइरहोस्, हाम्रो माया कहिले नमरोस्
फूलजस्तो जिन्दगी होस्, तिम्रो पाउमा काँडा नपरोस्

हाँसो दिन्छु, खुसी दिन्छु, तिम्रो माया मुटुभरि
हाम्रो माया अनन्त छ, जुनी बिताऊँ यसैगरी
सागरसरि चोखो माया तिम्रो-मेरो वरिपरि
सागरसरि चोखो माया तिम्रो-मेरो वरिपरि

Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link