Birsi Jane

हे••• मन
भनिदे न, ए मन
क्यारी बाँचम अब
बिर्सिजाने निष्ठुरीको यादले पोल्छ जब

भनिदे न, ए मन, क्यारी बाँचम अब
बिर्सिजाने निष्ठुरीको यादले पोल्छ जब?
भनिदे न, ए मन, क्यारी बाँचम अब
बिर्सिजाने निष्ठुरीको यादले पोल्छ जब?

मुटु गाँठो परी आउँछ, बोल्न सक्दिनँ
मनका कुरा अरुसँग खोल्न सक्दिनँ
मनका कुरा अरुसँग खोल्न सक्दिनँ

धेरै आँसु झरीसक्यो, पिरले सीमा नाघ्यो
बुझ्दै जाँदा यो जिन्दगी झनै कठिन लाग्यो

धेरै आँसु झरीसक्यो, पिरले सीमा नाघ्यो
बुझ्दै जाँदा यो जिन्दगी झनै कठिन लाग्यो

धोका भयो जिन्दगीमा, आँसु बरबर
जति भुल्न खोजे पनि मुटु चरचर
जति भुल्न खोजे पनि मुटु चरचर

तिम्रो जीवन सधैँ फुलोस् म रोए नि जति
तिमीबिना बाँच्नै पर्ने भाग्यको नियति

तिम्रो जीवन सधैँ फुलोस् म रोए नि जति
तिमीबिना बाँच्नै पर्ने भाग्यको नियति

भित्र छाती चिरा भाछ, देखाऊँ म कसरी
पिरतीको यो अध्याय लेखाऊँ म कसरी?
पिरतीको यो अध्याय लेखाऊँ म कसरी?

भनिदे न, ए मन, क्यारी बाँचम अब
बिर्सिजाने निष्ठुरीको यादले पोल्छ जब?
मुटु गाँठो परी आउँछ, बोल्न सक्दिनँ
मनका कुरा अरुसँग खोल्न सक्दिनँ
मनका कुरा अरुसँग खोल्न सक्दिनँ



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link