Chhodi Jane Nisthuri

ए मन
भनिदे न, ए मन, क्यारी बाँचौँ अब
छोडिजाने निष्ठुरीको यादले पोल्छ जब

भनिदे न, ए मन, क्यारी बाँचौँ अब
छोडिजाने निष्ठुरीको यादले पोल्छ जब

हो, भनिदे न, ए मन, क्यारी बाँचौँ अब
छोडिजाने निष्ठुरीको यादले पोल्छ जब

मुटु गाँठो परिआउँछ, बोल्न सक्दिनँ
मनका कुरा अरुसँग खोल्न सक्दिनँ
मनका कुरा अरुसँग खोल्न सक्दिनँ

धेरै आँसु झरिसक्यो, पिरले सीमा नाघ्यो
बुझ्दैजाँदा यो जिन्दगी झनै कठिन लाग्यो

धेरै आँसु झरिसक्यो, पिरले सीमा नाघ्यो
बुझ्दैजाँदा यो जिन्दगी झनै कठिन लाग्यो

धोका भयो जिन्दगीमा, आँसु बरबर
जति भुल्न खोजेपनि मुटु चरचर
जति भुल्न खोजेपनि मुटु चरचर

तिम्रो जीवन सधैँ फुलोस्, म रोए नि जाति
तिमीबिना बाँच्नैपर्ने भाग्यको नियति

हो, तिम्रो जीवन सधैँ फुलोस्, म रोए नि जाति
तिमीबिना बाँच्नैपर्ने भाग्यको नियति

भित्र छाती चिरा भाछ, देखाऊँ म कसरी?
पिरतीको यो अध्याय लेखाऊँ म कसरी?
पिरतीको यो अध्याय लेखाऊँ म कसरी?

Phone उठाऊ न, प्रिय, एउटा कुरा भन्छु
यही phone बाटै भएपनि धोको फेरी रुन्छु

म त, कसम! तिम्रो यादमा पागलै भएर
गण्डकी नै बन्छ क्याहो आँसु बहेर
गण्डकी नै बन्छ क्याहो आँसु बहेर



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link