Yo Dhartima Ma Janmeko

यो धर्तीमा म जन्मेको तिम्रै खुशी हेर्न भनी
ओ, यो धर्तीमा म जन्मेको तिम्रै खुशी हेर्न भनी
एउटै मुटु, एउटै धड्कन, एउटै सास फेर्न भनी
एउटै मुटु, एउटै धड्कन, एउटै सास फेर्न भनी
यो धर्तीमा म जन्मेको तिम्रै खुशी हेर्न भनी

यो मुटुमा तिमी आयौ, दुई आत्माको कुरा भयो
ओ, यो मुटुमा तिमी आयौ, दुई आत्माको कुरा भयो
आधा थियो जीवन मेरो
आधा थियो जीवन मेरो, तिमी आउँदा पूरा भयो
आधा थियो जीवन मेरो, तिमी आउँदा पूरा भयो

यो धर्तीमा म जन्मेको तिम्रै खुशी हेर्न भनी

तिम्रो मीठो पिरतीमा यो जिन्दगी अडेको छ
हो, तिम्रो मीठो पिरतीमा यो जिन्दगी अडेको छ
दुई मुटुको मिलन हुँदा
दुई मुटुको मिलन हुँदा माया पनि बढेको छ
दुई मुटुको मिलन हुँदा माया पनि बढेको छ

यो धर्तीमा म जन्मेको तिम्रै खुशी हेर्न भनी
एउटै मुटु, एउटै धड्कन, एउटै सास फेर्न भनी
एउटै मुटु, एउटै धड्कन, एउटै सास फेर्न भनी
यो धर्तीमा म जन्मेको तिम्रै खुशी हेर्न भनी



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link