Chhal Garera Chhodeu

बल गरेर नाता जोड्यौ तिमीले
छल गरेर बाटो मोड्यौ तिमीले
बल गरेर नाता जोड्यौ तिमीले
छल गरेर बाटो मोड्यौ तिमीले

खुसी लुट्यौ, आँसु मलाई दियौ, सपना सबै जलाइदियौ

बल गरेर नाता जोड्यौ तिमीले
छल गरेर बाटो मोड्यौ तिमीले

आकाश खस्यो, हो, धर्ती भाँसियो (धर्ती भाँसियो)
मेरो मायाको, हो, बोटै मासियो (बोटै मासियो)
पागल हुन, सधैँ रुन (सधैँ रुन)
व्यर्थै नाता किन गाँसियो? (किन गाँसियो?)

आकाश खस्यो, धर्ती भाँसियो, मेरो मायाको बोटै मासियो
पागल हुन, सधैँ रुन, व्यर्थै नाता किन गाँसियो?

ढुङ्गालाई देउता ठानेर पुजेँ, भ्रम रहेछ सबै, बुझेँ

बल गरेर नाता जोड्यौ तिमीले
छल गरेर बाटो मोड्यौ तिमीले

खुसी खोजेँ, आँसु पाएँ (आँसु पाएँ)
ज्यानै लाने माया लाएँ (माया लाएँ)
बैगुनीलाई दिलमा सजाएँ (दिलमा सजाएँ)
बदलामा चोटै चोट पाएँ (चोटै चोट पाएँ)

खुसी खोजेँ, आँसु पाएँ, ज्यानै लाने माया लाएँ
बैगुनीलाई दिलमा सजाएँ, बदलामा चोटै चोट पाएँ

वचनको तीरले मुटु रेट्यौ, छुट्टिने भए किन भेट्यौ?

बल गरेर नाता जोड्यौ तिमीले
छल गरेर बाटो मोड्यौ तिमीले



Credits
Writer(s): Roshan Singh
Lyrics powered by www.musixmatch.com

Link