Takdir

उसकै माया किन लाग्छ जो मेरो होइन?
त्यही मान्छे दिलमा बस्यो जो तक्दिरमा छैन

हो, उसकै माया किन लाग्छ जो मेरो होइन?
त्यही मान्छे दिलमा बस्यो जो तक्दिरमा छैन

भाग्य लेख्ने विधाताले लेख्नै भुले तिम्रो नाम
तिमी साथमा छैनौ अब, संसारबाटै मुक्ति पाम

उसकै माया किन लाग्छ जो मेरो होइन?
त्यही मान्छे दिलमा बस्यो जो तक्दिरमा छैन

तिमीलाई सम्झी अनायासै रुन्छु कहिलेकहिले
आँसु पिई तिर्खा मेट्ने गरेको छु मैले
हो, तिमीलाई सम्झी अनायासै रुन्छु कहिलेकहिले
आँसु पिई तिर्खा मेट्ने गरेको छु मैले

माया लाउँदै रुँदै हिँड्ने, यस्तै रैछ दुनियाँ
जता तलो त्यहीँ छेद पार्दो रैछ दुनियाँ

उसकै माया किन लाग्छ जो मेरो होइन?
त्यही मान्छे दिलमा बस्यो जो तक्दिरमा छैन

जसले रुवायो उसलाई भेटी झम्टिएर रून मन छ
उसकै काखमा संसारबाट बिदा हुन मन छ

हो, जसले रुवायो उसलाई भेटी झम्टिएर रून मन छ
उसकै काखमा संसारबाट बिदा हुन मन छ

आफै रुवाई "नरौ" भन्ने निष्ठुरीलाई के थाहा
पिरतीको चोट अनि यो मनको व्यथा

उसकै माया किन लाग्छ जो मेरो होइन?
त्यही मान्छे दिलमा बस्यो जो तक्दिरमा छैन



Credits
Writer(s): Roshan Singh
Lyrics powered by www.musixmatch.com

Link