Mero Harma Tali Bajayau Re

मेरो हारमा तिमीले उता ताली बजायौ रे
मलाई यहाँ छोडी तिमीले अर्कैको सिउँदो सजायौ रे

सजिलो छैन तिम्लाई मनबाट निकाल्न
धुजा-धुजा भएको फाटेको मन टाल्न

सजिलो छैन तिम्लाई मनबाट निकाल्न
धुजा-धुजा भएको फाटेको मन टाल्न

जिउने आस छैन मेरो तिम्ले छोडेपछि
याद आउँछ, मन दुख्छ तिम्लाई सम्झेपछि

कसरी सक्यौ तिम्ले माया मार्न?
बाध्य बनायौ मलाई जीवनमा हार्न

कसरी सक्यौ तिम्ले माया मार्न?
बाध्य बनायौ मलाई जीवनमा हार्न

खुसी तिम्लाई दिएकै थेँ आफ्नै ठानी मैले
तिखो छुरा रोपी गयौ, बिरानो भयौ अहिले

सजिलो छैन तिम्लाई मनबाट निकाल्न
धुजा-धुजा भएको फाटेको मन टाल्न

घाइते भयो मुटु मेरो, सिउँदै बाँचेको छु
तिम्ले दिएको चोट सम्झेर आँसु पिउँदै बाँचेको छु

कत्ति पीडा छ मनमा तिम्लाई के थाहा?
लुकाउन खोज्छु, झनै बढ्छ व्यथा

कत्ति पीडा छ मनमा तिम्लाई के थाहा?
लुकाउन खोज्छु, झनै बढ्छ व्यथा

मुटु चुँडी छोडी गयौ, चोटै चोट दियौ
त्यही चोटले जीवन मेरो बेहाल बनाई छोड्यौ

सजिलो छैन तिम्लाई मनबाट निकाल्न
धुजा-धुजा भएको फाटेको मन टाल्न



Credits
Writer(s): Nabin Karki
Lyrics powered by www.musixmatch.com

Link