Maya Garne Timilai

बाँचूँ कि नबाँचूँ? दोधार भो जिन्दगी

माया गर्ने तिमीलाई कोही नै अर्को छ
कोही नै अर्को छ, कोही नै अर्को छ
माया गर्ने तिमीलाई कोही नै अर्को छ
कोही नै अर्को छ, कोही नै अर्को छ
तिमीबिना जिन्दगी यो बाँच्नलाई चर्को छ
बाँच्नलाई चर्को छ, बाँच्नलाई चर्को छ
बाँच्नलाई चर्को छ

फुल्ने ऋतु बिर्सिएर फूलहरू किन फुल्छ?
हो, फुल्ने ऋतु बिर्सिएर फूलहरू किन फुल्छ?
आँखा छल्दै दुनियाँको वसन्त किन डुल्छ?
वसन्त किन डुल्छ?

धर्तीमा तिमीबिना यो यात्रा यो झर्को छ
यात्रा यो झर्को छ, यात्रा यो झर्को छ
तिमीबिना जिन्दगी यो बाँच्नलाई चर्को छ
बाँच्नलाई चर्को छ, बाँच्नलाई चर्को छ
बाँच्नलाई चर्को छ

भुमरीमा मलाई छाडी तिमीले किनार समायौ
हो, भुमरीमा मलाई छाडी तिमीले किनार समायौ
अलपत्रै पाऱ्यौ मलाई, अर्कै डुङ्गामा रमायौ
अर्कै डुङ्गामा रमायौ

बिर्सूँ भन्दा नि मनमा अतीतको धर्को छ
अतीतको धर्को छ, अतीतको धर्को छ
तिमीबिना जिन्दगी यो बाँच्नलाई चर्को छ
बाँच्नलाई चर्को छ, बाँच्नलाई चर्को छ
बाँच्नलाई चर्को छ



Credits
Writer(s): Shanti Ram Rai
Lyrics powered by www.musixmatch.com

Link