Batas Jhai

बतासझैँ अनायासै हामी पुग्यौँ कता-कता
हामी पुग्यौँ कता-कता
बतासझैँ अनायासै हामी पुग्यौँ कता-कता
हामी पुग्यौँ कता-कता, हामी पुग्यौँ कता-कता
प्रकृतिको मोहिनी रूपले
प्रकृतिको मोहिनी रूपले तान्यो जतातता
तान्यो जतातता
बतासझैँ अनायासै हामी पुग्यौँ कता-कता
हामी पुग्यौँ कता-कता, हामी पुग्यौँ कता-कता

चारैतिर डाँडाकाँडा, गुराँस फुलेको
चिसो हावा चल्दा यहाँ सुनाखरी नाचेको

डुल्छन् कुइरो वरिपरि, बन्छन् फूलैसरि
बन्छन् फूलैसरि, बन्छन् फूलैसरि
रमाईरमाई मृग खेल्छन्
रमाईरमाई मृग खेल्छन् पाखै ढाक्ने गरी
पाखै ढाक्ने गरी

सुसाउँछन् वनपाखा, बास्छन् लुइँचे यहाँ
फुरफुराउँदै नाच्छन् चरी फुल्छन् फूल जहाँ-जहाँ

कता-कता हामी दुवै हराएझैँ लाग्थ्यो
हराएझैँ लाग्थ्यो, हराएझैँ लाग्थ्यो
आँखाभित्रै लुकामारी
आँखाभित्रै लुकामारी खेलेजस्तो लाग्थ्यो
खेलेजस्तो लाग्थ्यो

बतासझैँ अनायासै हामी पुग्यौँ कता-कता
हामी पुग्यौँ कता-कता, हामी पुग्यौँ कता-कता



Credits
Writer(s): Kiran Kadel, Shanti Ram Rai
Lyrics powered by www.musixmatch.com

Link