Ram Naam Satya Chha

(राम नाम सत्य छ, राम नाम सत्य छ)
(राम नाम सत्य छ, राम नाम सत्य छ)

मै बाँचुँला रोईरोई, तिम्रै तस्बिर छोईछोई
मै बाँचुँला रोईरोई, तिम्रै तस्बिर छोईछोई
मलाई छोडी जान्छ्यौ भने जान सक्छ्यौ
तिम्रा याद तिमीसँगै लान सक्छ्यौ
चाहिँदैन मलाई कोइ
मै बाँचुँला रोईरोई, तिम्रै तस्बिर छोईछोई

"मरे तिम्रै काखमा" भन्थ्यौ, "बाँचे तिम्रै साथमा"
आँखाहरू तिम्लाई खोज्छन्, रुन्छ मेरो आत्मा
धूम ताना, धूम ताना, धूम, धूम ताना, धूम ताना, धूम
"मरे तिम्रै काखमा" भन्थ्यौ, "बाँचे तिम्रै साथमा"
आँखाहरू तिम्लाई खोज्छन्, रुन्छ मेरो आत्मा

हाँसीहाँसी तिमी टाढा बन्छ्यौ भने त
"अब मलाई बिर्सिदेऊ" भन्छ्यौ भने त
चाहिँदैन मलाई कोइ
मै बाँचुँला रोईरोई, तिम्रो तस्बिर छोईछोई

रूप हेरेर गाह्रो रैछ साँचो माया चिन्न
तिम्रो यादले हाँसीहाँसी जिउन पनि दिन्न
धूम ताना, धूम ताना, धूम, धूम ताना, धूम ताना, धूम
रूप हेरेर गाह्रो रैछ साँचो माया चिन्न
तिम्रो यादले हाँसीहाँसी जिउन पनि दिन्न

तिमीलाई पाऊँ भनी कुन मन्दिरमा धाइन
तिमी, तिमी भन्दै हिँडेँ, अन्त माया लाइन
चाहिँदैन मलाई कोइ
मै बाँचुँला रोईरोई, तिम्रै तस्बिर छोईछोई

मै बाँचुँला रोईरोई, तिम्रै तस्बिर छोईछोई
मै बाँचुँला रोईरोई, तिम्रै तस्बिर छोईछोई



Credits
Writer(s): Roshan Singh
Lyrics powered by www.musixmatch.com

Link