Sindur

सुन न मायाले, सुन न मायाले
हे, भन न मायाले, भन न मायाले

तिम्रो खाली सिउँदोमा सिन्दूर भर्ने मैले हो
तिमी बेहुली बनी डोली चढ्ने कहिले हो?
हो, मेरो खाली सिउँदोमा सिन्दूर भर्ने कहिले हो?
तिम्रो बेहुली बनी डोली चढ्ने मैले हो
हो, तिमीलाई बेहुली बनाई
हो, मलाई डोलीमा सजाई, भन, लाने कहिले हो?
तिम्रो खाली सिउँदोमा सिन्दूर भर्ने मैले हो
तिम्रो बेहुली बनी डोली चढ्ने मैले हो

बेहुली बनी बस्नू तिमी थोरै-थोरै लजाएर
जन्ती लिई लिन आउनू नौमती बजाएर
हो, हो
हाँ, बेहुली बनी बस्नू तिमी थोरै-थोरै लजाएर
जन्ती लिई लिन आउनू नौमती बजाएर

तिम्रो सारा खुशी, हेर, किन्ने मैले हो
हो, तिम्रो छाया बनी सँगै हिँड्ने मैले हो
हो, तिमीलाई बेहुलीको भेषैमा
हो, मलाई तिम्रो देशैमा लाने कहिले हो?
तिम्रो खाली सिउँदोमा सिन्दूर भर्ने मैले हो
तिम्रो बेहुली बनी डोली चढ्ने मैले हो

चुरापोते किनिदिनू, सिन्दूर पनि किनिदिनू
जहाँ-जहाँ जान्छु म छाया बनी हिँडिदिनू
हो, हो
ओ-हो, ओ-हो, चुरापोते किनिदिनू, सिन्दूर पनि किनिदिनू
जहाँ-जहाँ जान्छु म छाया बनी हिँडिदिनू

तिम्रो मनको कुरा, हेर, बुझ्ने मैले हो
तिम्रो आँखामा आँसु खसे पुछ्ने मैले हो
हो, मलाई आफ्नो बनाई
हो, तिमीलाई बेहुली बनाई, सुन, लाने मैले हो
मेरो खाली सिउँदोमा सिन्दूर भर्ने कहिले हो?
तिमी बेहुली बनी डोली चढ्ने कहिले हो?



Credits
Writer(s): Roshan Singh
Lyrics powered by www.musixmatch.com

Link