Babako Kum Bhanda

बाबाको कुमभन्दा चारै औँली सानी छु
बाबाको कुमभन्दा चारै औँली सानी छु
आमाको माया पाउन घुर्क्याउन जानिछु

"काली" भन्छन्, "गोरी" भन्छन्
"हुर्की बढी छोरी" भन्छन्
मलाई त त्यस्तो लाग्दैन

ओ-हो, ओ-हो, त्यस्तो लाग्दै लाग्दैन
मलाई त त्यस्तो लाग्दैन
Mm-hm, mm-hmm, त्यस्तो लाग्दै लाग्दैन
Mm-hm, mm-hmm, त्यस्तो लाग्दै लाग्दैन

कोरी, बाटी चुल्ठी मेरो कति बेला फुक्छ?
हो, कोरी, बाटी चुल्ठी मेरो कति बेला फुक्छ?
"उत्ताउली" भन्छन् मलाई, कस्तो चित्त दुख्छ

"देखिनु रे simple" भन्छन्
"लुकाउनु रे dimple" भन्छन्
मलाई त त्यस्तो लाग्दैन

ओ-हो, ओ-हो, त्यस्तो लाग्दै लाग्दैन
मलाई त त्यस्तो लाग्दैन
Mm-hm, mm-hmm, त्यस्तो लाग्दै लाग्दैन
Mm-hm, mm-hmm, त्यस्तो लाग्दै लाग्दैन

धारा-पानी, चुलोचौका मैले गर्ने हो रे
हो, धारा-पानी, चुलोचौका मैले गर्ने हो रे
रमाइलो माइतीघर छोड्ने बेला भो रे

"छैनौ अब सानी" भन्छन्
"पराई घर हो जानी" भन्छन्
मलाई त त्यस्तो लाग्दैन

ओ-हो, ओ-हो, त्यस्तो लाग्दै लाग्दैन
मलाई त त्यस्तो लाग्दैन
Mm-hm, mm-hmm, त्यस्तो लाग्दै लाग्दैन

बाबाको कुमभन्दा चारै औँली सानी छु
आमाको माया पाउन घुर्क्याउन जानिछु

"काली" भन्छन्, "गोरी" भन्छन्
"हुर्की बढी छोरी" भन्छन्
मलाई त त्यस्तो लाग्दैन

ओ-हो, ओ-हो, त्यस्तो लाग्दै लाग्दैन
मलाई त त्यस्तो लाग्दैन
Mm-hm, mm-hmm, त्यस्तो लाग्दै लाग्दैन
Mm-hm, mm-hmm, त्यस्तो लाग्दै लाग्दैन



Credits
Writer(s): Suresh Adhikari
Lyrics powered by www.musixmatch.com

Link