Sanga Sangai Hidoula

एक पाइला तिम्रो, एक पाइला मेरो, सँगसँगै हिँडौँला
प्रेमको सुन्दर नगरी हाम्रो दुवैले जितौँला
हो, एक पाइला तिम्रो, एक पाइला मेरो, सँगसँगै हिँडौँला
हो, प्रेमको सुन्दर नगरी हाम्रो दुवैले जितौँला

पिलाइदेऊ बरु, हो-हो-हो
पिलाइदेऊ बरु प्रीतिको प्याला अङ्खोरा भरेर, हाय

जिन्दगी पूरै कटाउन सक्छु आँखैमा हेरेर
राखिदेऊ मलाई काखैमा तिम्रो मायाले बेरेर
हो, जिन्दगी पूरै कटाउन सक्छु आँखैमा हेरेर
राखिदेऊ मलाई काखैमा तिम्रो मायाले बेरेर

फूलझैँ गुराँस अधरको मुस्कान, सम्झना झलझली
हो-हो, फूलझैँ गुराँस अधरको मुस्कान, सम्झना झलझली
तिम्रै समीपमा साँझ र बिहान, जिन्दगी मखमली

मायाको साटो, हो-हो-हो
मायाको साटो माया नै दिउँला सुटुक्क चोरेर, हाय

जिन्दगी पूरै कटाउन सक्छु आँखैमा हेरेर
राखिदेऊ मलाई काखैमा तिम्रो मायाले बेरेर
हो, जिन्दगी पूरै कटाउन सक्छु आँखैमा हेरेर
राखिदेऊ मलाई काखैमा तिम्रो मायाले बेरेर

जले नि जलोस् दुनियाँ सारा देखेर साथैमा
हो, जले नि जलोस् दुनियाँ सारा देखेर साथैमा
मुटु नै झिकी राख्दिन मन छ सानुको हातैमा

मायाको तृष्णा, हो-हो-हो
मायाको तृष्णा मेटिनेछैन कसैले मेटेर, हाय

जिन्दगी पूरै कटाउन सक्छु आँखैमा हेरेर
राखिदेऊ मलाई काखैमा तिम्रो मायाले बेरेर
हो, जिन्दगी पूरै कटाउन सक्छु आँखैमा हेरेर
राखिदेऊ मलाई काखैमा तिम्रो मायाले बेरेर



Credits
Writer(s): Bidhya Nirdosh Pahadi, Db Nirankari
Lyrics powered by www.musixmatch.com

Link