Timro Sath Paya Bhane

तिम्रो साथ पाएँ भने संसार जित्न सक्छु म
दैवको नै नजर लागे के नै गर्न सक्छु म?
हो, तिम्रो साथ पाएँ भने संसार जित्न सक्छु म
दैवको नै नजर लागे के नै गर्न सक्छु म?

बाँचे सँगै, मरे सँगै
तिमीसँगै जिउने चाहना
बाँचे सँगै, मरे सँगै
तिमीसँगै जिउने चाहना

तल-तल ओराली, ओराली सँगै झरौँला
माथि-माथि उकाली, उकाली सँगै चढौँला
हो, तल-तल ओराली, ओराली सँगै झरौँला
माथि-माथि उकाली, उकाली सँगै चढौँला

तिम्रो आँसु झर्दा, सानु, सँगै रुन सक्छु म
तिमी मरे, ए सानु, तिमीसँगै मर्छु म
तिमी मरे, ए सानु, तिमीसँगै मर्छु म

मेरो सारा जीवनलाई तिमीसामु सुम्पिउँला
जीवनभरि छाया बनी तिमीसँगै हिँडौँला
हो, मेरो सारा जीवनलाई तिमीसामु सुम्पिउँला
जीवनभरि छाया बनी तिमीसँगै हिँडौँला

तिमीबिना एकछिन पनि कहाँ सक्छु बाँच्न म?
तिम्रो खुसी नै, सानु, मेरो खुसी ठान्छु म
तिम्रो खुसी नै, सानु, मेरो खुसी ठान्छु म



Credits
Writer(s): Umesh Muskan
Lyrics powered by www.musixmatch.com

Link