Dhairya

बोलीले तिमीलाई तर्साए
नबोली नै बसौँ न, मायालु
वचनले तिमीलाई झस्काए
कसम नखाइदिउँला म बरु
तिम्रो लालीले अँगाली
लैजाऊ न मलाई
अतासिँदै ढुकढुकाउने
ढुकढुकीको बासमै

चाहिएजति लेऊ समय
तिम्रो बोली, आवाजलाई
मेरो नामका यी लबज सिकाउन
धैर्य सिकी बसुन्जेल म
केहीबेर लागे केही छैन
तिम्रो मनलाई मेरो याद आउन

तिमीले हात यो नचिने
अल्झाई बसौँ, माया, एकैछिन
औँला यी बुनेरै राखेसरि
चिन्छौ कि स्पर्श मेरो कुनै दिन
मेरो भाका राखिराख
तिम्रा ओठ बीचमै
यी ओठले आफैआफै
गुनगुनाउने गीतझैँ

चाहिएजति लेऊ समय
तिम्रो बोली, आवाजलाई
मेरो नामका यी लबज सिकाउन
धैर्य सिकी बसुन्जेल म
केहीबेर लागे केही छैन
तिम्रो मनलाई मेरो याद आउन



Credits
Lyrics powered by www.musixmatch.com

Link