Nalekheko Saino

नलेखेको साइनो रैछ, मिठो सपना सजाएँ मैले
नलेखेको साइनो रैछ, मिठो सपना सजाएँ मैले
व्यर्थै, किन कल्पनाको पञ्चेबाजा बजाएँ मैले?
व्यर्थै, किन कल्पनाको पञ्चेबाजा बजाएँ मैले?

बाबाआमा, साथीभाइ, थाहा थियो दुनियाँलाई
बाबाआमा, साथीभाइ, थाहा थियो दुनियाँलाई
उनी मेरी जीवनसाथी हुन्छिन भन्ने थियो मलाई
आँधी चल्यो, चट्याङ पर्यो, छिनको छिनमै के-के भयो
आँधी चल्यो, चट्याङ पर्यो, छिनको छिनमै के-के भयो
उनी रोइन, म रोएँ, आँशुसँगै नाता बग्यो

हो, पराईको नासो रैछ, आफ्नै सम्झी रमाएँ मैले
पराईको नासो रैछ, आफ्नै सम्झी रमाएँ मैले
व्यर्थै, किन कल्पनाको पञ्चेबाजा बजाएँ मैले?
व्यर्थै, किन कल्पनाको पञ्चेबाजा बजाएँ मैले?

"तिमीबिना बाँच्नु परे मर्छुु, कसम, मर्छुु" भन्थी
"तिमीबिना बाँच्नु परे मर्छुु, कसम, मर्छुु" भन्थी
हत्केलाले आँशुु पुछ्दै, तारा जस्तै झर्छु भन्थी
कसरी सहनु मैले? पिडाहरु धेरै भयो
कसरी सहनु मैले? पिडाहरु धेरै भयो
जाने मान्छे गई त हाल्यो, झल्को मात्रै बाँकी रह्यो

हो, चारै दिनको मेला रैछ, कति खुशी मनाएँ मैले
चारै दिनको मेला रैछ, कति खुशी मनाएँ मैले
व्यर्थै, किन कल्पनाको पञ्चेबाजा बजाएँ मैले?
व्यर्थै, किन कल्पनाको पञ्चेबाजा बजाएँ मैले?



Credits
Writer(s): Bhupendra Pandeya
Lyrics powered by www.musixmatch.com

Link