Patra Patra

पत्र-पत्रहरूमा लेखिएका ती शब्द
तिम्रै सामु, अघि वर्णन गरी सक्दिन
हेराइ लजालु ती मेरै आँखाअगाडि
बुझ्नै गाह्रो भए भन्दिन केही पनि

सत्य त यही नै हो र जिउनु यसरी?
बनाइसकेको छु अब तिमीलाई मेरो

हिजोको हार, आजको जीत
मायामा मेरो अनगिन्ती प्रयास
अन्धकारमा नि नजिकै छु नि
सँगै बसेर यी हात समाऊ न

ओ-हो-हो, हो-हो
ला-रा-रा, रा-रा
ना-ना-ना, ना-ना, ना-ना, ना-ना

खुला पङ्ख फिँजाई, मनका त्रास हटाई
उड्ने हो कि कतै ती तारा छुनलाई?
छाया होस् मेरो यो तिम्रै बास सधैँको
हुनेछु म यहीँ यो जुनीभरिलाई

मनै त मेरो पनि तिम्रो जस्तै हो नि
बनाइराख न अब मलाई पनि तिम्रो

हिजोको हार, आजको जीत
मायामा मेरो अनगिन्ती प्रयास
अन्धकारमा नि नजिकै छु नि
सँगै बसेर यी हात समाऊ न

फैलिएका यी हातहरूमाझ
अँगाली रङ्गाइदेऊ मेरो संसार
काटौँला सारा जुनी सँगै-सँगै हामी



Credits
Writer(s): Prabesh Shrestha, Saswot Shrestha
Lyrics powered by www.musixmatch.com

Link