China Ra jokhana

हो, पानी सलल
हो, पानी सलल
हो, पानी सलल खोली दोभान
माया भए आऊ, नत्र भो भन
हो, पानी सलल खोली दोभान
माया भए आऊ, नत्र भो भन

घोडामाथि पाल्की, पाल्कीमाथि तिमी
तिम्रो छेउमा म बसेको
पञ्चेबाजा बजाई, गाउँलेहरु रमाई
यस्तो सपना देखेको

हेर्देऊ न चिना र जोखना
अब पुग्ला कि नपुग्ला सपना?
हेर्देऊ न चिना र जोखना
अब पुग्ला कि नपुग्ला सपना?

आँगन जग्गे, जग्गेभित्र घुम्टो
घुम्टोभित्र म बसेको
लुकीलुकी तिम्लाई हेर्दै, मख्ख पर्दै
यस्तो सपना देखेको

हेर्देऊ न चिना र जोखना
अब पुग्ला कि नपुग्ला सपना?
हेर्देऊ न चिना र जोखना
अब पुग्ला कि नपुग्ला सपना?

घाम र पानी यो जिन्दगानी, म तिम्रो काखैमा
माया, सजाई राख न आँखैमा
उर्लेको खोला, जे हाेला होला, तरेर आम् कि त?
माया, नौ डाँडा काटेर जाम् कि त?

घोडामाथि पाल्की, पाल्कीमाथि तिमी
तिम्रो छेउमा म बसेको
लुकीलुकी तिम्लाई हेर्दै, मख्ख पर्दै
यस्तो सपना देखेको
हेर्देऊ न चिना र जोखना
अब पुग्ला कि नपुग्ला सपना?
हेर्देऊ न चिना र जोखना
अब पुग्ला कि नपुग्ला सपना?
हेर्देऊ न चिना र जोखना
अब पुग्ला कि नपुग्ला सपना?

मुसुरो दाल पाकेर गयो, यो मन गल्दैन
माया, तिमीलाई बिर्सेको पल छैन
निधारमा टिकी, शिरैमा सिन्दुर, तिम्रै हो निसानी
माया, बेग्लै छ मायाको कहानी

घोडामाथि पाल्की, पाल्कीमाथि तिमी
तिम्रो छेउमा म बसेको
लुकीलुकी तिम्लाई हेर्दै, मख्ख पर्दै
यस्तो सपना देखेको

हेर्देऊ न चिना र जोखना
अब पुग्ला कि नपुग्ला सपना?
हेर्देऊ न चिना र जोखना
अब पुग्ला कि नपुग्ला सपना?
हेर्देऊ न चिना र जोखना
अब पुग्ला कि नपुग्ला सपना?

हो, पानी सलल खोली दोभान
माया भए आऊ, नत्र भो भन
हो, पानी सलल खोली दोभान
माया भए आऊ, नत्र भो भन



Credits
Writer(s): Dipak Sharma
Lyrics powered by www.musixmatch.com

Link