Ghintang

मेरो माया नौ डाँडापारि
डाँडैपारि मेरो मन
वर्षौँ दिन नै बितिगयो
कहिले हुने हो सङ्गम?

आउँदै छ दिन हामी भेट्ने अब
मन मेरो भो यो मगन, हो-हो
तिमी आउने आसैमा अब
मनमा छ यो एउटा रङ्ग

यादैमा तिम्रो, कान्छा
मनले तिम्लाई चाहन्छ
तिम्रो मायामा नाच्न थालेँ म

घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग
मादलको तालैमा नाच्छु म छमछम
घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग
मादलको तालैमा नाच्छु म छमछम, हो

छिनमै, छिनमै, एकछिनमै हाँस्छु
अर्को छिनमै म रुन्छु
भिन्नै-भिन्नै सपना बुन्छु
अनेकौँ गीतहरु म मनैमा गुन्छु

छिनमै, छिनमै, एकछिनमै हाँस्छु
अर्को छिनमै म रुन्छु
भिन्नै-भिन्नै सपना बुन्छु
अनेकौँ गीतहरु म मनैमा गुन्छु

खाँदै नखाको विषै लाग्यो
मन यो त्यसै पोल्छ
छट्पटेर रात कट्छ
निद्रा बिझाउन थाल्छ

मन यो के-के भन्छ
तिमीलाई आफ्नो ठान्छ
मनको साइनो लगाई
यादैमा तिम्रो, कान्छा
मनले तिम्लाई चाहन्छ
तिम्रो मायामा नाच्न थालेँ म

घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग
मादलको तालैमा नाच्छु म छमछम
घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग
मादलको तालैमा नाच्छु म छमछम

घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग
मादलको तालैमा नाच्छु म छमछम
घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग
मादलको तालैमा नाच्छु म छमछम, हो



Credits
Writer(s): Beyond
Lyrics powered by www.musixmatch.com

Link