Lekai Fulyo

लेकै फुल्यो लालीगुराँस, बेँसी फुल्यो टाँकी, हजुर, टाँकी, हजुर
हितचित्त मिलेपछि केमा रह्यो बाँकी, हजुर, बाँकी, हजुर?
नहुने पो के छ र यहाँ? केही पनि छैन, हजुर, छैन, हजुर
"होला कि"ले छोड्दैन, हुने कहिले हैन, हजुर, हैन, हजुर (हुर्र)

(आहै, लरिबरी, आहै, आहै, लरिबरी, आहै)
(आहै, आहै, आहै, आहै)

"आँखाभरि-भरि माया, मनमा भने छ कि छैन?"
सोची निद्रा लाको हैन, हैन, हजुर
सोची निद्रा लाको हैन, हैन, हजुर
हो, शङ्काले त लङ्का हान्छ, लहरोले पहरो तान्छ
मायालुको ज्यानै जान्छ, जान्छ, हजुर
मायालुको ज्यानै जान्छ, जान्छ, हजुर

लेकै फुल्यो लालीगुराँस, बेँसी फुल्यो टाँकी, हजुर, टाँकी, हजुर
हितचित्त मिलेपछि केमा रह्यो बाँकी, हजुर, बाँकी, हजुर?

(आहै, लरिबरी, आहै, आहै)

ज्यानै दिनै परे बरु म नै दिन्छु, किन अरू?
तिम्रो साटो म नै मरूँ, मरूँ, हजुर
तिम्रो साटो म नै मरूँ, मरूँ, हजुर
हो, आऊ सँगै कसम खाऊँ, जुगैजाने माया लाऊँ
ढाँटे, छले मरिजाऊँ, जाऊँ, हजुर
ढाँटे, छले मरिजाऊँ, जाऊँ, हजुर

लेकै फुल्यो लालीगुराँस, बेँसी फुल्यो टाँकी, हजुर, टाँकी, हजुर
हितचित्त मिलेपछि केमा रह्यो बाँकी, हजुर, बाँकी, हजुर?

बाँकी, हजुर, बाँकी, हजुर
बाँकी, हजुर, बाँकी, हजुर
बाँकी, हजुर, बाँकी, हजुर



Credits
Lyrics powered by www.musixmatch.com

Link