NOTE

आऊ न, म यहाँ छु
अन्धकार तरी जिउन म चाहन्छु तिमीसँगै फेरि

खोज्न हिँडेथेँ न्यानो माया
थाहा लाग्यो घर आइपुगेपछि
चिसो त मेरो आफ्नै मुटु पो रहेछ
संसार नै हिउँले ढाक्ने गरी

जिउन त जिउँदै छु
मन अमिलो, धमिलो भैसकेको चित्र तिम्रो र मेरो
अझै पनि बटुवामा बोकिरहेछु म
मनैमन सोच्दछु, "झन्झन् गहिरो पहिरो गैसकेको
घरको बाटो अधुरो, अजम्बरी", म यही अल्झिरहने छु, ooh-ooh

खोज्न हिँडेथेँ न्यानो माया
थाहा लाग्यो घर आइपुगेपछि
चिसो त मेरो आफ्नै मुटु पो रहेछ
संसार नै हिउँले ढाक्ने गरी



Credits
Lyrics powered by www.musixmatch.com

Link