Tara Matra Hoina Timilai

तारा मात्रै हैन तिमीलाई जून दाईजो दिइदिउँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला

तिमीलाई मेरो झिलिमिली आकाश नै ओढाउँला
त्यो पाउमा रंगीचङ्गी वसन्त चढाउँला
तिमीले पाउ टेक्ने ठाउँमा शीतका थोपा छरिदिउँला
तिमीले श्वास फेर्ने ठाउँमा सुवासले भरिदिउँला

तिमीलाई मेरो मुटुको यो ढुकढुकीले जगाउँला
ती नसामा जोबनको मधुधारा बगाउँला
सुकुमारी तिम्रा ओठ ती ओठमा सँगालुँला
तिमीलाई मेरै न्यानो न्यानो अँंगालोमा म अंँगालुँला



Credits
Writer(s): Kiran Kharel
Lyrics powered by www.musixmatch.com

Link