Sanisar सनिसार

आ, हा, हा, हा, हा, हा
आ, हा, हा, हा, हा, हा

लाँकुरी छेउमा एक नाम्ले पैँया, पैँयामा चिल बस्यो, चरन, पैँयामा चिल बस्यो
छोडेर गाकी उही मेरी मैयाँ, मैयाँमा दिल बस्यो, चरन, जमाना अनिश्चरण

यही मायाले जलायो सनिसार, हो, परान, यही मायाले जलायो सनिसार

यो पिरतीले तातेको छाती पानीले सेलाउँछ र? हो, चरन, पानीले सेलाउँछ र?
"फल्नाकी छोरी बौलाई रे", भन्छन्, बौलाएसी के लाउँछ र? हो, चरन, जमाना अनिश्चरण

यही मायाले जलायो सनिसार, हो, परान, यही मायाले जलायो सनिसार
यही मायाले जलायो सनिसार, हो, परान, यही मायाले जलायो सनिसार

नौ डाँडाबाट जून आउनी बेला घाम झर्छ उधैँ-उधैँ, हो, चरन, घाम झर्छ उधैँ-उधैँ
दिन जान्छ, माइली, सिरानी धुँदै, रात जान्छ रुँदै-रुँदै, हो, चरन जमाना अनिश्चरण

यही मायाले जलायो सनिसार, हो, परान, यही मायाले जलायो सनिसार
यही मायाले जलायो सनिसार, हो, परान, यही मायाले जलायो सनिसार

शिरैमा सिन्दुर, हातैमा बाला, न पाउजु पाउमा भयो, चरन, न पाउजु पाउमा भयो
चिसोको दबाई झन् चिसो भयो, न मल्हम घाउमा भयो, हो, चरन, जमाना अनिश्चरण

यही मायाले जलायो सनिसार, हो, परान, यही मायाले जलायो सनिसार
यही मायाले जलायो सनिसार, हो, परान, यही मायाले जलायो सनिसार

आ, हा, हा, हा, हा, हा
आ, हा, हा, हा हा, हा

शीतलु छैन, छहारी छैन, आगोझैँ तातो जीवन, हो, चरन, आगोझैँ तातो जीवन
यतै छोडिछौ काँटा र बाला, यतै छ रातो रिबन, हो, चरन, जमाना अनिश्चरण

यही मायाले जलायो सनिसार, हो, परान, यही मायाले जलायो सनिसार
यही मायाले जलायो सनिसार, हो, परान, यही मायाले जलायो सनिसार

यो मेरो चोला छिनेको झोला, बगेको खोला, बरै! हो, चरन, बगेको खोला, बरै!
मभन्दा धेरै बनकी चरी खुसी छे होला, बरै! हो, चरन, जमाना अनिश्चरण

यही मायाले जलायो सनिसार, हो, परान, यही मायाले जलायो सनिसार
यही मायाले जलायो सनिसार, हो, परान, यही मायाले जलायो सनिसार

आ, हा, हा, हा, हा, हा
आ, हा, हा, हा, हा, हा

Credits
Writer(s): Kushal Belbase
Lyrics powered by www.musixmatch.com

Link