Khai Kina

खै, किन मुस्कुराइरहेछु
खै, किन टोलाइबसेछु
यादमा तिम्रो आज, तिम्रो आज
नयाँ कुरा, अनौठो आभास
यो हो कि माया, खै, केको तरङ्ग यो
वर्णन गर्नै गाह्रो, के भाछ यो?

हरेक क्षण तिम्रै कल्पनामा
डुबिबसेछु ती तिम्रा आँखामा
आभास न्यानो तिम्रो

कुर्नु कति? थाकिसकेँ अब त
बनिदेऊ, नराख प्रतीक्षामा
अँगालिदेऊ मलाई अब तिमी
खुशी दिने वाचा गर्छु अहिले
रुवाउँदिन, हँसाइरहन्छु जहिले
तिम्रै आकृति कोरी दिनरात

सपना मेरा बिपना बनाई
अँगालोमा बेर्नेछु म सधैँ
सुम्पिसकेँ मेरो मनलाई

तिमी पनि व्यक्त गरिदेऊ न
मनमा लुकेका अनगिन्ती भावना
तिम्रै प्रतीक्षामा बसिरहेछु म यहाँ

खै, किन मुस्कुराइरहेछु
खै, किन टोलाइबसेछु म



Credits
Lyrics powered by www.musixmatch.com

Link