Laile Barai

सालको पात टिपेर पानी खाउँ
यो नानीको कहाँ छ र जाने ठाउँ

आकाशमा जूनको भाइ तारालाई
नबोलाउ न मै कर्महारालाई

करीमले छेउ लाएपछि त
हीतको साथी बोल्दैन मसित

पानी खाँदा सुपारी खस्यो
जान्न घर माइतैमा दिल बस्यो

जे गरेनी पाइन नि जस
जानेमान्छे गइहाल नबस

काटे खरु पलाउला बरु
तै नी मन पलाइन के गरुँ

यो मनमा जतिको भाहोला
दिनमा लाग्ने सुर्ज्येलाई थाहा होला

जाँदाजाँदै बन्दिपुर पुग्यो
रुँदारुँदै कलिलो जिउ सुक्यो



Credits
Writer(s): Bhupendra Pandeya
Lyrics powered by www.musixmatch.com

Link