Kalpana

माया धेरै गर्छु म
तिमीलाई नै रोज्छु म
टाढा टाढा नजाउन
गन्दैछु दिन अब आउन

सम्झना छ यो मन भरी
बिर्सिन्न माया छ अजम्बरी
अनन्त भावना मन भरी
सपना बुन्दैछु आँखा सरी
मायालु मायालु

फुलले सजिएकी
आँखामा गाजल लाएकी
केश तिम्रो मिलाउदै
बसन माया म संगै

हेरी रहु झैँ लाग्छ
मुहार तिम्रो यसरी
हाँसीदेउन यता हेरी
थामिदेउ हात अब जुनी भरी

कल्पना गर्दैछु यसरी
डुबी रहेको घाम हेरी
मायालु
मायालु
मायालु
मायालु



Credits
Writer(s): Akasyan Soni
Lyrics powered by www.musixmatch.com

Link