Simsime Panima

हे-हे-हे-हे
हो, हा-हा-हा
हो-हो-हो-हो

सिमसिमे पानीमा घाम झिल्क्यो नि
कान्छीको हेराइले मनै चोऱ्यो नि
सिमसिमे पानीमा घाम झिल्क्यो नि
कान्छीको हेराइले मनै चोऱ्यो नि
छमछम पाउजुको सातै सुरमा, ओहो
पाउजुको सातै सुरमा गाउन लागेँ म पनि
पिरतीको छायामा, मनको आकाशैमा लाग्यो मायाको इन्द्रेनी
लाग्यो मायाको इन्द्रेनी

जोबनको गोरेटोमा एउटा फूल फुलेछ
मगमगाउँदै पिरतीको चोखो बास्ना चलेछ
Hmm, जोबनको गोरेटोमा एउटा फूल फुलेछ
मगमगाउँदै पिरतीको चोखो बास्ना चलेछ

तिमीलाई थाहा छ कि छैन?
तिमीलाई थाहा छ कि छैन?
बगिजाने खोलीमा हाम फालेँ देखेर, कान्छी, मायाको इन्द्रेनी
कान्छी, मायाको इन्द्रेनी

सागरभन्दा गहिरो छ मेरो चोखो माया
जता हेर्छु उतै तिमी देख्छु दायाँबायाँ
Hmm, सागरभन्दा गहिरो छ मेरो चोखो माया
जता हेर्छु उतै तिमी देख्छु दायाँबायाँ

तिमीलाई सधैँ अँगालेर
तिमीलाई सधैँ अँगालेर
पोखिदिएँ चाहना तिम्रो नाम लेखेर, कान्छी, मायाको इन्द्रेनी
कान्छी, मायाको इन्द्रेनी

सिमसिमे पानीमा घाम झिल्क्यो नि
कान्छीको हेराइले मनै चोऱ्यो नि
सिमसिमे पानीमा घाम झिल्क्यो नि
कान्छीको हेराइले मनै चोऱ्यो नि
छमछम पाउजुको सातै सुरमा, ओहो
पाउजुको सातै सुरमा गाउन लागेँ म पनि
पिरतीको छायामा, मनको आकाशैमा लाग्यो मायाको इन्द्रेनी
लाग्यो मायाको इन्द्रेनी



Credits
Lyrics powered by www.musixmatch.com

Link