Badi Mulya Naliu

सुपथ मूल्य, गुणस्तरीय सामान, खाद्यवस्तु छोपौँ
पसलमा सबैले देख्ने गरी मूल्यसूची राखौँ
सुपथ मूल्य, गुणस्तरीय सामान, खाद्यवस्तु छोपौँ
पसलमा सबैले देख्ने गरी मूल्यसूची राखौँ

बढी मूल्य नलिऊँ, बढी मूल्य नलिऊँ
बढी मूल्य नलिऊँ, नलिऊँ, नलिऊँ
सामान बेच्दा कसैले नि म्याद गुज्रेको नदिऊँ
सामान बेच्दा कसैले नि म्याद गुज्रेको नदिऊँ

नापतौल कम, गुणस्तरहीन सामान बिक्री गर्दा
दण्ड-जरिबाना हुन्छ, बुझौँ, कानून उल्लङ्घन गर्दा
(हेलो, यहाँ कम तौल र बिग्रेको सामान बेचेर ठगिराछन्)
(तपाईँहरू तुरुन्त आउनुपर्यो)
हो, हो, नापतौल कम, गुणस्तरहीन सामान बिक्री गर्दा
दण्ड-जरिबाना हुन्छ, बुझौँ, कानून उल्लङ्घन गर्दा
कानून उल्लङ्घन गर्दा

बढी मूल्य नलिऊँ, बढी मूल्य नलिऊँ
बढी मूल्य नलिऊँ, नलिऊँ, नलिऊँ
बिल-बीजकबिना कुनै सामान नलिऊँ, नदिऊँ
बिल-बीजकबिना कुनै सामान नलिऊँ, नदिऊँ

उपभोक्ताले सामान किन्दा लेबल हेर्ने गरौँ
उपभोग्य म्याद बाँकी रहेका सामान खरिद गरौँ
हो, हो, उपभोक्ताले सामान किन्दा लेबल हेर्ने गरौँ
उपभोग्य म्याद बाँकी रहेका सामान खरिद गरौँ
सामान खरिद गरौँ

बढी मूल्य नलिऊँ, बढी मूल्य नलिऊँ
बढी मूल्य नलिऊँ, नलिऊँ, नलिऊँ
गलत कार्य गर्ने विरुद्ध उजुरी गर्ने गरौँ
गलत कार्य गर्ने विरुद्ध उजुरी गर्ने गरौँ



Credits
Lyrics powered by www.musixmatch.com

Link