Timi ra Ma

थाहा नै छैन के भयो मलाई
टोलाइ रहन्छु सम्झि तिमीलाई
सिरिरिरि हावा बतास सँगै
उडुँ उडुँ लाग्छ हर्दम हर्पल संगै

तिम्रो हात अङ्गाली तिमीलाई
लैजान्छु डाँडापारी
सानो संसार बसाइ खुसीयाली सँगै जीवन बिताउँला है
तिमी र म... ह
तिमी र म

न जिस्क्याउ तिमी छेउमै आइदेउन
मिठा मिठा कुरा गरी मन भुलाइदेउन
तिमी मेरो म चाहिँ तिम्रो हरेक पललाई
केही कुरा अनौठो नठानिदेउन

मेरो हात समाउ डाँडा नि कटाउ
सुखी सँग जीवन बिताम
केही बोल्दिन म साथ छोड्दिन म
टाढा लगे लग म छु नि
सधै भरीलाई... ह
सधेै भरीलाई

मायाको कुरा के भयो खै
चुपचाप बसिरहेछौ अझै
बोलन तिमी मनका कुरा
अघि देखि तिमीलाई बोलाइरहेछु है

मेरो बात सुन केही नबोल
पर्खीरहेछु म नै
तिमीलाई नै सधै खुसी बनाउने यो
मेरो चाहना है
सधै भरीलाई... ह
सधै भरीलाई



Credits
Writer(s): Yenish Darnal
Lyrics powered by www.musixmatch.com

Link